images
images
  • झलनाथले छाडे नेकपा : समाजवादी जागरण अभियान घोषणा

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीबाट बाहिरिँदै समाजवादी जागरण अभियान घोषणा गरेका छन् ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खनालले कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन र पुनर्संरचना गर्न अभियान अघि बढाइएको बताए ।

    शनिबार खनालको नेतृत्वमा भएको गोप्य भेलाले पारित गरेको प्रस्ताव सार्वजनिक गर्दै उनले क्रान्तिकारी कार्यदिशाका आधारमा कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध गर्दै एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्य रहेको बताए ।

    अभियानमा यसअघि तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट बाहिरिएका हरिबोल गजुरेललगायतका नेताहरूले पनि साथ दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images