images
images
  • स्पेनमा आगलागी, १२ जनाको मृत्यु

    काठमाडौं– स्पेनको दक्षिणी अन्डालुसियाको अल्मेरिया प्रान्तको लस ग्यालार्डोस क्षेत्रमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको स्थानीय आपतकालीन सेवाले जनाएको छ ।

    अन्डालुसियाको आपतकालीन सेवाले उच्च तापक्रम, कम आद्र्रता र तीव्र हावाले गर्दा, जङ्गली आगो बेदार नगरपालिकामा द्रुत गतिमा फैलिदा मावविय क्षेति भएको जनाएको छ ।

    सरकारले अन्डालुसियाका आगलागी पछि चेतावनी जारी गरी प्रभावित क्षेत्र तथा नजिकका बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्त्रण गरी यस क्षेत्रको सडक खण्डहरू अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।

    केही पीडितहरू आगोले ढाकेका गाडीहरू भित्र फेला परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    आगो नियन्त्रण गर्न इन्फोकाले ग्राउन्ड क्रू, फायर फाइटिङ एयरक्राफ्ट र हेलिकप्टरहरू तैनाथ गरी रातभर आगो निभाउने कार्य जारी रहेको जनाइएको छ ।

    अधिकारीहरूले आगलागीको कारण निर्धारण गर्न र पीडितहरूको औपचारिक रूपमा पहिचान गर्न अनुसन्धान सुरु गरिसकको जनाएका छन् भने आपतकालीन सेवाहरू सतर्क अवस्था रहेको तथा किनभने आगलागी नियन्त्रण प्रयास जारी रहेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images