काठमाडौं– अमेरिकाले लगातार दोस्रो रात इरानका ९० सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ ।
अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)का अनुसार हवाई रक्षा प्रणाली, क्षेप्यास्त्र तथा ड्रोन भण्डारण, नौसैनिक पूर्वाधार र तटीय सैन्य संरचनालाई निशाना बनाइएको हो ।
यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण गरेको पुष्टि गर्दै अमेरिकाले आक्रमण जारी राखे क्षेत्रका अन्य अमेरिकी अड्डासमेत निशानामा पर्ने चेतावनी दिएको छ ।
इरानी सञ्चारमाध्यमका अनुसार दक्षिणपूर्वी इरानको इरानसहर विमानस्थलमा भएको अमेरिकी आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ भने चाबहार क्षेत्रमा पनि विस्फोटपछि सुरक्षा सतर्कता बढाइएको छ ।
यसअघि मंगलबार अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको समझदारी समाप्त भएको घोषणा गर्दै थप कडा सैन्य कारबाहीको संकेत दिएका छन् ।


विश्व खबर 




















