images
images
  • युक्रेनलाई पेट्रियट क्षेप्यास्त्र उत्पादनको लाइसेन्स दिने ट्रम्पको घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई पेट्रियट इन्टरसेप्टर क्षेप्यास्त्र उत्पादन गर्ने लाइसेन्स उपलब्ध गराउने घोषणा गरेका छन् ।

    नेटो शिखर सम्मेलनका क्रममा भएको भेटमा ट्रम्पले यो कदमले युक्रेनको वायु रक्षा क्षमता मजबुत हुने बताएका हुन् ।

    पेट्रियट प्रणाली विश्वकै प्रभावकारी वायु रक्षा प्रणालीमध्ये एक मानिन्छ, तर यसको उत्पादन जटिल र महँगो छ ।

    यद्यपि, केही सैन्य विश्लेषकहरूले अहिलेको युद्धस्थितिमा युक्रेनभित्रै यसको उत्पादन तत्काल सम्भव नहुने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images