images
images
  • नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरीको खोजी सूचीमा को–को छन् ?

    काठमाडौं– जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा १५ जनालाई दोषी ठहर गरेपछि धरौटीमा छुटेर बाहिर रहेका दोषीहरूमाथि प्रहरीले निगरानी कडा बनाएको छ ।

    प्रहरी स्रोतका अनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र टेकनाथ रिजालमाथि विशेष निगरानी राखिएको छ ।

    उनीहरू फैसला पछि फरार हुन सक्ने आशंकामा प्रहरी सक्रिय भएको हो ।

    नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले अदालतको पूर्ण फैसला प्राप्त भएपछि कानुनअनुसार आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् ।

    जिल्ला अदालत काठमाडौंले मंगलबार उक्त प्रकरणमा १५ जनालाई दोषी र ७ जनालाई निर्दोष ठहर गरेको हो ।

    दोषीहरूको सजाय निर्धारणका लागि असार २९ गते अर्को इजलास तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images