काठमाडौं– अमेरिका र इरानबीच फेरि आक्रमण–प्रतिआक्रमण भएपछि तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि चलिरहेको शान्ति वार्ता अवरुद्ध भएको छ ।
अमेरिकी सेनाले इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन खसाल्नुका साथै हर्मुज जलडमरूमध्य नजिकका लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।
जवाफमा इरानले पनि अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ ।
यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताका केही बुँदामा संशोधन खोजेका छन् ।
उनले इरानको आणविक कार्यक्रम, उच्च प्रशोधित युरेनियमको व्यवस्थापन र हर्मुज जलडमरूमध्यमा जहाज आवागमनको सुनिश्चितताबारे थप स्पष्टता मागेका छन् ।
लगातारको सैन्य तनावका कारण युद्ध रोक्ने उद्देश्यले भइरहेका कूटनीतिक प्रयासहरू अनिश्चित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















