images
images
  • इरान आणविक क्षमता घटाउन र होर्मुज खुलाउन तयार, शान्ति वार्ता निष्कर्षमा पुग्ने ट्रम्पको दाबी

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इजरायल र इरानबीच युद्ध अन्त्य गर्ने समझदारी लगभग अन्तिम चरणमा पुगेको दाबी गरेका छन् ।

    उनले होर्मुज स्ट्रेट खोल्ने विषय पनि सम्झौतामा समावेश हुने बताएका छन्।

    ट्रम्पले कतार, साउदी अरब, यूएई, पाकिस्तान, जोर्डन, इजिप्ट, टर्की र बहराइनका नेतासँग छलफल गरेपछि सम्झौताको अन्तिम विवरणमाथि काम भइरहेको बताएका हुन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि उनले छुट्टै संवाद गरेका थिए ।

    यद्यपि सम्झौताका सर्तबारे अमेरिका र इरानको दाबी फरक देखिएको छ ।

    अमेरिकी पक्षले इरानले उच्च संवर्धित युरेनियम त्याग्ने संकेत गरेको जनाएको छ भने इरानी अधिकारीहरूले आणविक कार्यक्रमबारे छुट्टै वार्ता हुने बताएका छन् ।

    इरानले सम्झौताअन्तर्गत होर्मुज स्ट्रेट खोल्ने, अमेरिकी नाकाबन्दी हटाउने र विदेशमा रोक्का रहेको २५ अर्ब डलर सम्पत्ति फुकुवा हुने दाबी गरेको छ ।

    यसबीच अमेरिकाभित्रै सम्भावित सम्झौताको विरोध सुरु भएको छ ।

    रिपब्लिकन सिनेटर टेट क्रुजले इरानलाई आणविक क्षमता र होर्मुज स्ट्रेटमा प्रभाव कायम राख्न दिने सम्झौता गम्भीर गल्ती हुने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images