images
images
  • गुगलसँगको साझेदारीमा चोभार र वीरगञ्जमा डेटा सेन्टर स्थापना गरिँदै

    काठमाडौं– अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको साझेदारीमा काठमाडौंको चोभार र वीरगञ्जमा डेटा सेन्टर स्थापना गरिने भएको छ ।

    नेपालका औद्योगिक घरनाको संयुक्त लगानी रहेको ब्लुचीन डेटा भोल्टले गुगल क्लाउडसँगको रणनीतिक साझेदारीमा डेटा सेन्टर निर्माण गर्न लागेको हो ।

    गुगल क्लाउड भनेको गुगलले प्रदान गर्ने क्लाउड कम्प्युटिङ सेवा हो ।

    यसले कम्प्युटिङ, डेटा स्टोरेज, डेटा विश्लेषण र मेसिन लर्निङका साथै व्यवस्थापनको सेरिज नै प्रदान गर्दछ ।

    गुगल सर्च र गुगल डक्सका लागि आन्तरिक रुपमा प्रयोग हुने पूर्वाधार पनि गुगल क्लाउडकै हो ।

    ब्लुचीनको अर्को रणनीतिक साझेदार ताइवान आधारित वीवीडीएन टोक्नोलोजी हो ।

    अमेरिका, युरोप र एशियाका मुख्य आइटी हबहरुमा बलियो पकड जमाएको यो कम्पनीले ब्लुचीनका लागि कम्प्युटिङ, लिक्विड कुलिङ सोलुसन तथा र्‍याकमा आउने समस्या समाधान गर्नेछ ।

    चोभारमा अगस्टदेखि डेटा सेन्टर सञ्चालनमा ल्याउने तयारी भइरहँदा गुगल, वीवीडीएनका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् ।

    माइक्रोन, एएमडीसहितका अन्तर्राष्ट्रिय साझेदारको उपस्थितिमा आज ब्लुचीन डेटा भोल्टेजले यसको औपचारिक घोषणा गर्दैछ ।

    बालेन सरकार बनेपछि सूचना प्रविधि उद्योगमा लगानी बढ्न थालेको छ ।

    फेसुकको मातृ कम्पनी मेटाले वर्ल्डलिंक कम्युनिकेसनसँगको साझेदारीमा डेटा सेन्टर निर्माणको तयारी गरिरहेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images