काठमाडौं– स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातको आरोपमा उनलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिएको हो ।
नवीकरण नगर्दा २०८० वैशाख ३ गते स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको थियो ।
त्यसपछि कम्पनीको सम्पत्ति नेपाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएको थियो ।
तर, उक्त सम्पत्तिमा बेइमानी गरी सरकारको हक नोक्सान पु¥याएको आरोपमा जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आइतबार विश्वखबरले ‘तत्कालिन सञ्चारमन्त्री जगदीश खरेल र दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीको मिलेमतोमा स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई हस्तान्तरण’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।
उक्त शीर्षको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानुनी रूपमा लिलाम गरी एनसेललाई बेचिएको तथ्य सार्वजनिक भएको थियो ।
उक्त तथ्यलाई तोडमोड नगरी विश्वखबरले प्रकाशन गरेको छ ।
तत्कालीन सञ्चारमन्त्री जगदिश खरेल र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको मिलेमतोको आशंका गरिएको थियो ।
सरकारको नियन्त्रणमा आइसकेको स्मार्ट टेलिकमको सम्पत्ति नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ६० करोड रुपैयाँमा लिलाम बिक्री गरेको पुष्टि भयो, जबकि कम्पनीले करिब ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्न बाँकी नै छ ।
EXCLUSIVE : यस्तो छ प्रधानमन्त्री कार्यालयको दराजबाट गायव गराएको एनसेल छानबिन समितिको प्रतिवेदन
कानुनअनुसार लाइसेन्स रद्द भएपछि कम्पनीले सम्पत्ति बिक्री गर्न नपाउने भए पनि बैंकले ऋण असुलीका नाममा लिलामी प्रक्रिया अघि बढाएको थियो ।
प्राधिकरणले रोक्न पत्राचार गरेको दाबी गरे पनि त्यसविरुद्ध कुनै कानुनी कदम चालिएको छैन ।
लिलामी प्रक्रियामा अन्य कम्पनीहरूको प्रस्ताव अत्यन्त न्यून हुँदा एनसेलले अस्वाभाविक रूपमा उच्च रकम प्रस्ताव गरेकोले मिलेमतो र ‘सेटिङ’ को आशंका बलियो बनेको छ ।
यस प्रकरणबाट राज्यले अर्बौं राजस्व गुमाएको छ भने नियामक निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।
यसका साथै हामीले नेपालका दूरसञ्चार प्रदायक कम्पनीका कालाकर्तुत, अनुचित लाभ, भ्रष्टाचार र लेनदेनका समाचार प्रकाशन गर्दै आएका छौँ ।
एनसेल मालिकसँग अनुचित लाभ लिएको थाहा पाएपछि खरेललाई पुनः मन्त्री बनाउन बालेनको अस्वीकार






















