images
images
  • दक्षिण कोरियालाई इरानको चेतावनी- विदेशी सेना आए द्वन्द्वको दायरा झन् बढ्नेछ

    काठमाडौं– इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो समुद्री क्षेत्रमा विदेशी सेनाको उपस्थितिलाई लिएर आफ्ना दक्षिण कोरियाली समकक्षीलाई चेतावनी दिएका छन्।

    टेलिफोन वार्ताका क्रममा अराघचीले विदेशी सेनाको कुनै पनि तैनाथीले स्थिरता र सुरक्षा कायम गर्न सहयोग नगर्ने, बरु तनाव बढाउने र द्वन्द्वको दायरा विस्तार गर्ने बताएका छन्।

    इरानको एक वक्तव्यअनुसार दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनले अमेरिकाको इजरायल–इरान युद्धमा सहभागी हुने आफ्नो देशको कुनै इच्छा नरहेको र त्यस क्षेत्रमा सेना पठाउने कुनै योजना नभएको आश्वासन दिएका छन्।

    अराघचीले शान्ति स्थापना गर्न आवश्यक पर्ने सर्त र त्यसका ढाँचाबारे तेहरानको धारणा तथा दृष्टिकोण प्रस्तुत गरेका थिए। साथै उनले द्वन्द्व अन्त्य गर्न भइरहेका पछिल्ला कूटनीतिक प्रयासबारे पनि विस्तृत जानकारी दिएका थिए।

    यसअघि यसै महिनाको सुरुमा मध्यपूर्वको ऊर्जा स्रोतमा अत्यधिक निर्भर दक्षिण कोरियाले सोमालियाको तटमा सञ्चालन गर्दै आएको आफ्नो ‘समुद्री डकैतीविरुद्धको गस्ती’ लाई होर्मुज जलडमरूमध्य नजिकका समुद्री क्षेत्रमा विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images