images
images
  • बासिजको शक्ति उपयोग गर्न इरानी सर्वोच्च नेता खामेनीको निर्देशन

    काठमाडौं– इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले स्वेच्छिक अर्धसैनिक संगठन बासिजलाई ‘अविश्वसनीय र अमूल्य घटना’ भन्दै प्रशंसा गरेका छन्।

    बासिज इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का पाँच शाखामध्ये एक हो।

    बासिज सप्ताहको अवसरमा दिएको सन्देशमा खामेनीले संगठनलाई ‘रूपान्तरण र नयाँ जन्म’ हासिल गर्न तथा ‘अझ उन्नत र नयाँ स्वरूपहरू व्यवस्थित र सञ्चालन गर्न’ आह्वान गरेका छन्।

    उनले भने, ‘‘हामीले ‘हरेक इरानी बासिज हो’ भन्ने नारालाई साकार पार्न लामो, दृढ र योजनाबद्ध कदमका साथ अघि बढ्नुपर्छ।’

    बासिजको विस्तारले ‘विशाल शक्ति’ निर्माण गर्ने खामेनीले बताएका छन्। उनले देशका समस्याहरू समाधान गर्न र नयाँ तथा नवीन अवसरहरू सिर्जना गर्न यस शक्तिको हरेक पक्षमा उपयोग गर्नुपर्ने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images