images
images
  • इरानविरुद्ध जासुसी गर्ने २ दुई जनालाई मृत्युदण्ड

    काठमाडौं– इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ ।

    यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्तचरलाई सहयोग गरी जासुसी गरेको अपराधमा दोषी ठहर गरी मृत्यु दण्ड दिएको अदालतको वेबसाइट उल्लेख गरिएको छ ।

    यद्यपि उनीहरुलाई कहिले पक्राउ गरिएको थियो भन्ने विषय भने स्पष्ट हुन सकेको छैन ।

    सन् २०२५ जुनमा इजरायलसँगको इरानको युद्धलाई उल्लेख गर्दै सुरक्षा र सैन्य स्थानहरूको फोटो खिचि मोसाद अधिकारीकहाँ पठाएको अपराधमा करिम्पोरलाई दोषी ठहर गरिएको जनाइएको छ ।

    गत फेब्रुअरी–२८ मा, इजरायल र अमेरिकाले इरानमा आक्रमण गरे पछि सुरु भएको युद्धलाई अन्त्य गर्नको लागि अप्रिल–८ देखि युद्धविराम लागु भएको छ ।

    पछिल्लो समयमा इरानले जनवरीमा सामूहिक विरोध प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरूलाई मृत्युदण्ड दिएको जनाइएको छ जसलाई इजरायल, अमेरिका र प्रतिबन्धित पिपुल्स मुजाहिदीन सङ्गठनसहितका विपक्षी समूहहरूले उक्साएको बताएको छ ।

    यस अघि इरानले युद्धपूर्वको विरोध प्रदर्शनको क्रममा मध्य प्रान्त इस्फहानमा प्रहरी अधिकारीहरूलाई आक्रमण गरेको आरोपमा ससान आजादवर भनेर चिनिएका व्यक्तिलाई फाँसी दिएको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images