images
images
  • इरानले भन्यो– वार्ताको बाटो रोज्ने कि युद्ध जारी राख्ने अमेरिकाको हातमा छ

    इरानले युद्ध जारी राख्ने कि वार्तातर्फ अघि बढ्ने भन्ने कुरा अब अमेरिकाको हातमा रहेको बताएको छ ।

    यसअघि इरानले अमेरिकासँगको युद्ध सधैँका लागि अन्त्य गर्ने योजना पाकिस्तानलाई पठाएको बताएको थियो ।

    तर, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानको प्रस्तावबाट आफू सन्तुष्ट नभएको बताएका थिए ।

    त्यसपछि शनिबार इरानका उपविदेशमन्त्री काजम गरिबाबादीले युद्ध नै जारी राख्ने वा वार्ताबाट अन्त्य गर्ने भन्ने कुरा अमेरिकाको हातमा रहेको बताएका हुन् ।

    उनले भने, ‘अब निर्णय अमेरिकाको हातमा छ- वार्ताको बाटो रोज्ने कि टकराव जारी राख्ने ?’

    उनले शनिबार इरानको राजधानी तेहरानमा केही राजदूतसँग भेट गरे र उनीहरूलाई युद्ध अन्त्य गर्ने प्रस्तावबारे जानकारी गराए ।

    अमेरिका र इरानबिच तीन हप्तादेखि युद्धविराम छ । तर दुई पक्षबिच युद्ध अन्त्य गर्ने सम्झौता हुन सकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images