images
images
  • इरानी निवर्तमान सर्वोच्च नेता अयातोल्लाह अली खामेनीबारे डाक्टरले गरे यस्तो खुलासा

    काठमाडौं– इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका निजी चिकित्सकले उनको स्वास्थ्य अवस्थाबारे फैलिएको हल्लालाई अस्वीकार गरेका छन् ।

    डाक्टर मोहम्मद मरान्दीले एक कार्यक्रममा सोधिएको प्रश्नको जवाफ दिँदै खामेनी कुनै गम्भीर रोगबाट पीडित नरहेको स्पष्ट पारेका हुन् ।

    कार्यक्रममा उनलाई सोधिएको थियो, ‘के खामेनी गम्भीर रोगसँग जुधिरहेका थिए ? उनी बम विस्फोटमा नमरेको भए पनि बाँच्न सक्थे ।’

    यसको जवाफमा मरान्दीले खामेनीलाई कुनै गम्भीर रोग नभएको र उनलाई ‘कहिल्यै क्यान्सर समेत नभएको’ बताएका छन् ।

    उनले खामेनीको स्वास्थ्य अवस्था अन्तिम समयसम्म सामान्य रहेको उल्लेख गर्दै आफूले नियमित रूपमा, हप्तामा एकपटक, स्वास्थ्य परीक्षण गर्ने गरेको पनि जानकारी दिए ।

    यद्यपि, उनले उमेरसँगै मानिस स्वाभाविक रूपमा कमजोर बन्दै जाने कुरा स्वीकार गरेका छन् ।

    उल्लेखनीय छ, इरानका सर्वोच्च नेता खामेनी दुई महिनाअघि अमेरिका र इजरायलको संयुक्त हमलामा मारिएको दाबी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images