images
images
  • कांग्रेस अधिबेशन : तोकिएको समयमा गर्न नसकिने भन्दै तल्लो तहका सबै अधिवेशन स्थगित

    काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले भदौ १६ गतेदेखि १९ गतेसम्म १४ औँ महाधिवेशन गर्न नसकिने प्रष्ट पारेको छ ।

    तोकिएको समयमा अधिबेशन गर्न नसकिने भन्दै तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने वडा तहका लगायत तल्लो तहका सबै अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

    केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । भदौ १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहने जनाइएको छ ।

    यही साउन १२ गते बिहान सभापति देउवालाई क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउन र त्यसपछि केन्द्रीय समितिमा छलफल हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images