काठमाडाैं । आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ८५ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले आज त्रैमासिक राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा देशको अर्थतन्त्रको आकार ६६ खर्बको हुने प्रक्षेपण गर्दै वृद्धिदर भने ४ प्रतिशत तलै रहने बताएको हो ।
अर्थ मन्त्रालयले सोमवार नेपालको वर्तमान आर्थिक स्थितिपत्रमार्फत आर्थिक वर्ष २०८२÷८३ मा देशको आर्थिक वृद्धि ३ दशमलव ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको थियो । सार्वजनिक गरिएको विवरणअनुसार कृषि, वन तथा मत्स्य क्षेत्रले सबैभन्दा बढी २४ दशमलव ०३ प्रतिशत योगदान दिएको छ ।
यसको वृद्धि दर भने १ दशमलव ५८ प्रतिशत रहेको छ । थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाले १४ दशमलव ०९ प्रतिशत योगदान दिएको छ । यसको वृद्धि दर ४ दशमलव ५१ प्रतिशत रहेको छ ।
केन्द्रिय तथ्याङक कार्यालयका अनुसार यातायात तथा भण्डारण क्षेत्रको योगदान ७ दशमलव २३ प्रतिशत रहेको छ भने उद्योग क्षेत्रको योगदान ५ दशमलव ७२ प्रतिशत रहेको छ ।
यस्तै, घर, जग्गा कारोबार सेवाले ८ दशमलव ०७, वित्तीय तथा बीमासम्बन्धी ६.७२, शिक्षा क्षेत्रले ९.२२ प्रतिशत योगदान पु¥याएका छन् ।


विश्व खबर 




















