images
images
  • खोप खरिद गर्न एडीबीले नेपाललाई २० अर्ब ऋण दिने

    काठमाडौँ । एसियाली विकास बैंक ९एडीबी० ले कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई झण्डै २० अर्ब रुपैयाँ ऋण दिने भएको छ।

    कोरोनाविरुद्धको खोप खरिदका लागि नेपाललाई १९ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गर्न लागिएको मनिलास्थित एडिबीको प्रधान कार्यालयले जनाएको छ।

    बैंकका अध्यक्ष मासाटुगु आशाकावाले कोरोनापछि थलिएको नेपालको अर्थतन्त्रलाई पुनर्जीवन दिन र नागरिकको जीवन रक्षाको लागि झण्डै २० अर्ब रुपैयाँ ऋण प्रदान गर्न लागिएको जानकारी दिए।

    एडिबीको यो ऋणबाट ६८ लाख नेपालीलाई पुग्नेगरी खोप खरिद गर्न सकिने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images