images
images
  • इजरायलको आणविक भट्टीमा हिज्बुल्लाहको मिसाइल आक्रमण

    काठमाडौं– इजरायली वायुसेनाले लेबनानमा हवाई आक्रमण तीव्र बनाएपछि हिज्बुल्लाहले पनि इसराइलमाथि मिसाइल प्रहार गर्दै जवाफी हमला गरेको छ ।

    दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा आक्रमण हुँदा अवस्था झन् तनावपूर्ण बनेको छ ।

    इजरायलले हिज्बुल्लाहका ठिकाना र आणविक स्थललाई निशाना बनाएको जनाएको छ भने लेबनानी सञ्चारमाध्यमले सर्वसाधारण घाइते हुनुका साथै घरहरूमा क्षति पुगेको बताएका छन् ।

    यता हिज्बुल्लाहले उत्तरी इसराइलतर्फ रकेट प्रहार गरेको पुष्टि गर्दै हाइफा शहरलाई समेत निशाना बनाइएको दाबी गरेको छ ।

    दुवै पक्षबीचको आक्रमण–प्रत्याक्रमणले क्षेत्रीय तनाव थप बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images