काठमाडौं । ह्याकरहरुले नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम कमजोर रहेको चेतावनी दिदै ह्याक गरी पैसा चोरी गर्ने चेतावनी दिएका छन् ।
ह्याकरहरुले संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल गरेको खुलासा भएको छ ।
ह्याकरले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ ।
सोही पत्र राष्ट्र बैंकका सह(प्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि आएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















