धनगढी। नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष नेता कर्णबहादुर थापाले भीम रावल ठीक ठाउँमा उभिए प्रेम आले गएपनि केहि फरक नपर्ने बतएका छन् । नेता रावलले पार्टी निर्णयको को पक्षमा उभिए समस्या नहुने बताएका छन्।
‘भीम करमेड ठीक ठाउँमा उभिएपछि प्रेम आलेहरु गएर केही फरक पर्दैन’ उनले केन्द्रीय कमिटी बैठकमा भनेका छन्। नेतृत्वको वरिपरि रहेकाहरुले नेता र कार्यकर्तालाई जोड्ने काम गर्न नसकेको उनको गुनासो थियो।
संसद्मा फ्लोर क्रस गर्ने २२ सांसदले स्पष्टीकरण सोधेको नेकपा एमाले ओली पक्षको बैठकमा माधवकुमार नेपाल समुह विना कस्तो पार्टी बन्छ र आगामी चुनावको परिणाम कस्तो हुन्छ भनेर विश्लेषण थालिएको छ। उनीहरुले कहीं पनि चुनाव जित्दैनन्। हामीलाई एकाध निर्वाचन क्षेत्रमा असर पर्न सक्ने बताए । मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेससँगै हुने एमाले नेताहरुको दाबी छ।
च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा यसै सन्दर्भमा सातै प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरेका थिए। उनीहरुले पार्टी संगठनको अहिलेको अवस्था मात्र होइन, भोलिका दिनमा केही मानिस बाहिरिंदा के प्रभाव पर्छ ? चुनावमा कस्तो असर पर्छ ? भन्ने रिपोर्टिङ गरेका थिए।


विश्व खबर 


















