images
images
  • इरान–अमेरिका युद्ध अन्त्यका लागि पाकिस्तान सक्रिय

    काठमाडौं– पाकिस्तानले इरान र अमेरिकाबीच बढ्दो तनाव रोक्न ‘दुई–चरणीय’ युद्धविराम प्रस्ताव अघि सारेको छ ।

    रोयटर्सका अनुसार, प्रस्तावमा तत्काल युद्धविराम र त्यसपछि दीर्घकालीन शान्ति वार्ताको रूपरेखा समेटिएको छ, जसलाई अनौपचारिक रूपमा ‘इस्लामाबाद सम्झौता’ भनिएको छ।

    योजना अनुसार, सहमति भएमा तुरुन्तै संघर्ष रोक्ने र पछि व्यापक सम्झौताका लागि वार्ता सुरु गर्ने लक्ष्य राखिएको छ ।

    यसमा होर्मुज जलमार्ग पुनः खोल्ने, इरानले परमाणु कार्यक्रम सीमित गर्ने र अमेरिकाले प्रतिबन्ध खुकुलो बनाउने जस्ता सर्तहरू समावेश हुन सक्छन् ।

    तर, इरानले हालसम्म प्रत्यक्ष वार्तामा नबस्ने अडान दोहोर्‍याएको छ ।

    डोनाल्ड ट्रम्पले युद्ध चाँडै अन्त्य गर्न दबाब दिए पनि परिस्थिति अनिश्चित छ ।

    यसबीच, पाकिस्तानका सेना प्रमुख आसिम मुनीरले दुवै पक्षसँग निरन्तर सम्पर्क राख्दै मध्यस्थताको प्रयास अघि बढाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images