काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार विहान ४० मिनेटभन्दा लामो भेटघाट भएको छ । यो भेटमा यी दुई नेताले मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
मंगलबार विहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटपछि प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । बालुवाटारमा वान टु वान भेटमा उनीहरुले सरकारका आगामि कदम र मन्त्रिपरिषद् विस्तारसम्बन्धी कुराकानी गरेका छन् ।
३ साउनमा पाँच दल र नेकपा एमालेका केही सांसदको मतसँगै विश्वासको मत पाएका प्रधानमन्त्री देउवाले यही साता मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
यसअघि २९ असारमा प्रधानमन्त्री पदमा नियुक्त भएपछि सपथ खाँदा देउवाले चार जना मात्र मन्त्री नियुक्त गरेका थिए । अब मन्त्रिपरिषद् बैठक पूर्ण बनाउन देउवाले नेपाली कांग्रेसमा पनि छलफल चलाउन सुरु गरेका छन् । यही विषयमा छलफल गर्न सभापति देउवाले आज विहान गृहमन्त्री बालकृष्ण खाँणसँग सल्लाह पनि गरेका थिए ।
आजको भेटमा प्रचण्डसँग आज एमालेमा हुने सम्भावित छलफल कुर्ने र त्यसपछि मन्त्रिपरिषद् विस्तारबारे थप छलफल गर्ने सहमति भएको छ । आज नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ भने एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहको भेला पनि बोलाएका छन् ।
नेकपा केन्द्रीय कमिटी बैठकमा सोमबार देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण नदिएका सांसदलाई एमालेले कारवाही गर्ने तयारी गरेको छ ।
देउवाले मन्त्रिपरिषद् विस्तार गर्न एमालेका दुवै पक्षको निर्णय कुर्ने


विश्व खबर 


















