images
images
  • को बन्ला महान्यायाधिवक्ता ?

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ता नियुक्तिका लागि तीन जनाको नाममा भित्री छलफल अघि बढाएका छन्।

    उच्च अदालतका न्यायाधीश राजुकुमार खतिवडा, अधिवक्ता डा. सुवास आचार्य र दीपेन्द्र झा सम्भावित उम्मेदवारका रूपमा रहेका छन्।

    स्रोतका अनुसार प्रधानमन्त्री शाहको पहिलो रोजाइ खतिवडा हुन्, र उनलाई यस पदका लागि अनौपचारिक रूपमा आग्रहसमेत गरिएको छ।

    यदि खतिवडा तयार नभए आचार्य वा झामध्ये एकलाई नियुक्त गर्ने विकल्प खुला राखिएको छ।

    सम्भवतः शुक्रबारसम्म नियुक्तिको टुंगो लाग्ने बताइएको छ।

    खतिवडा न्याय सेवामा लामो अनुभव भएका न्यायाधीश हुन् भने आचार्य फौजदारी कानुनका विज्ञ र झा संवैधानिक तथा मानव अधिकार क्षेत्रमा अनुभवी अधिवक्ता हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images