images
images
  • कर्णालीलाई हराउँदै आर्मी महिला क्रिकेटको सेमिफाइनलमा

    काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लब दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेटतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सहआयोजक कर्णाली प्रदेशलाई ९७ रनले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । लगातार दोस्रो हार बेहोरेको कर्णाली भने प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि कर्णाली कोशी प्रदेशसँग पराजित भएको थियो ।

    वीरेन्द्रनगर रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा चार विकेट गुमाएर १३८ रन बनाएको थियो। आर्मीका लागि महिला राष्ट्रिय टोलीकी सदस्य सम्झना खड्काले सर्वाधिक ६२ रन बनाइन्। ५८ बल सामना गरेकी उनले १० चौका प्रहार गर्ने ।

    यस्तै, यशोदा विष्टले ३३ रन बनाइन् भने कविता कुँवर ६ बलमा ११ रन बनाउँदै अविजित रहे । विन्दु रावलले सात र रुवि पोदारले पाँच रन बनाउनुभयो। आर्मीले अतिरिक्तबाट २० रन पाएको थियो। कर्णालीका गङ्गा खड्का, रमा बुढाथोकी, सोना चन्द र किरणकुमारी कुँवरले एक–एक विकेट लिए ।

    १३९ रनको लक्ष्य पछ्याएको कर्णाली ४१ रनमै समेटियो। कर्णालीका लागि जयन्ती चन्दले सर्वाधिक १० रन बनाउनुभयो। कप्तान करुणाकुमारी कुँवरले आठ र शिखा दवाडीले छ रन बनाइन् । रेखा सोनीले पाँच, रविना बुढामगरले तीन तथा उमा चौधरी, श्रुती बुढा र अञ्जु गुरुङले एक–एक रन बनाउनुभयो। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    कर्णालीको ब्याटिङ धराशायी बनाउने क्रममा आर्मीकी मनिषा उपाध्यायले चार ओभरमा १० रन खर्चेर चार विकेट लिनुभयो। यमुना थारुले चार ओभरमा एक मेडनसहित तीन विकेट लिनुभयो भने कविता कुँवरले तीन ओभरमा दुई विकेट लिइन् । लक्ष्मी साउँदले एक विकेट हात पारिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images