images
images
  • होल्डिङ सेन्टरमा सरकारले बन्द गर्‍यो खाना

    काठमाडौं– भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसेका सुकुमबासीहरूले सरकारविरुद्ध थाल ठटाएर विरोध प्रदर्शन गरेका छन् । सरकारले खाना दिन बन्द गरेपछि उनीहरूले उक्त होल्डिङ सेन्टरमै विरोध प्रर्दशन गरेका हुन् ।

    ‘हाम्रो बास खोस्न पाइँदैन, तानाशाही चलाउन पाइँदैन’ भन्दै उनीहरूले हातमा प्लेकार्ड लिएका विरोध प्रदर्शन गरेका छन् । सरकारले होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीलाई हट्न आज (शुक्रबार) २ बजेसम्मको सीमा तोकेको छ ।

    काठमाडौं उपत्यकाका नदी किनारका सुकुमबासी बस्ती हटाइएपछि विस्थापित सुकुमबासी भक्तपुरको बोडेमा आश्रय लिइरहेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images