काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री बालेन शाहसँग पाँच घण्टा लामो वार्ता गरेको पछिल्लो दिन लामिछाने राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















