images
images
  • पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार

    पाकिस्तानको अर्थतन्त्र चालु आर्थिक वर्ष ९सन् २०२५–२६० को दोस्रो त्रैमासमा ३।८९ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धि मुख्य रूपमा औद्योगिक क्षेत्रको सशक्त प्रदर्शनका कारण भएको सरकारी तथ्याङ्कले जनाएको छ ।

    पाकिस्तान तथ्याङ्क विभागका अनुसार औद्योगिक क्षेत्र ७।४० प्रतिशतले वृद्धि भई अर्थतन्त्रको प्रमुख चालक बनेको छ । सेवा क्षेत्र ३।६९ प्रतिशत र कृषि क्षेत्र १।७६ प्रतिशतले वृद्धि भएको छ ।

    यो तथ्याङ्क राष्ट्रिय लेखा समितिको ११६औँ बैठकबाट अनुमोदन गरिएको हो । उक्त समितिले पहिलेका तथ्यांकहरूमा पनि केही संशोधन गरेको छ ।

    पहिलो त्रैमासको आर्थिक वृद्धि दर ३।७१ प्रतिशतबाट घटाएर ३।६३ प्रतिशत कायम गरिएको छ । कृषि र औद्योगिक क्षेत्रको तथ्यांक घटाइएका कारण यस्तो संशोधन गरिएको हो । पहिलो त्रैमासमा कृषि क्षेत्रको वृद्धि २।७२ प्रतिशत र औद्योगिक क्षेत्रको वृद्धि ८।८६ प्रतिशत कायम गरिएको छ । सेवा क्षेत्र भने केही सुधार भई २।४४ प्रतिशत पुगेको छ ।

    वार्षिक आधारमा हेर्दा, आर्थिक वर्ष ९सन् २०२३–२४० को कुल गार्हस्थ उत्पादन वृद्धि दर २।६३ प्रतिशतबाट घटाएर २।६२ प्रतिशत गरिएको छ भने आर्थिक वर्ष ९२०२४–२५० को वृद्धि दर ३।०९ प्रतिशतबाट घटाएर ३।०६ प्रतिशत कायम गरिएको छ ।

    दोस्रो त्रैमासमा प्रमुख बाली उत्पादनमा केही गिरावट आए पनि पशुपालन तथा सम्बन्धित क्षेत्रहरूमा सुधार देखिएकोले कृषि क्षेत्रमा सामान्य वृद्धि कायम भएको छ ।

    औद्योगिक क्षेत्रको वृद्धि ठूलो मात्रामा उत्पादन उद्योग, निर्माण कार्य तथा विद्युत् र उपयोगिता सेवाहरूको विस्तारबाट सम्भव भएको हो । उत्पादन उद्योग मात्र ५।७१ प्रतिशतले विस्तार भएको छ ।

    सेवा क्षेत्रले पनि स्थिर वृद्धि कायम गरेको छ, जसमा थोक तथा खुद्रा व्यापार, यातायात, वित्तीय सेवा तथा सार्वजनिक सेवाहरूको योगदान रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images