images
images
  • गृहमन्त्री सुदन गुरुङ मन्त्रालयको सोफामा सुते !

    काठमाडौं– बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणपछि गृहमन्त्री सुधन गुरूङ मन्त्रालयमै बसेका छन् ।

    उनले कार्यालयको सोफामै सिरक ओढेर सुतेको तस्वीर सार्वजनिक गर्दै ‘जनताभन्दा माथि सरकार हुँदैन’ लेखेका छन् ।

    सर्वसाधारणको गुनासोपछि विमानस्थल पुगेका उनले सेवाग्राहीलाई सास्ती नदिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका थिए ।

    विदेशबाट फर्किएका नागरिकले विमानस्थलमै दुःख नपाउने व्यवस्था मिलाउन र सामान्य सामानमा अनावश्यक जाँच नगर्न पनि उनले सचेत गराएका छन् ।

    यसअघि महावीर पुन ले पनि मन्त्रालयमै बसेर काम गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images