images
images
  • महालक्ष्मी विकास बैंकद्वारा क्यालेन्डर–२०८३ सार्वजनिक

    काठमाडौं– महालक्ष्मी विकास बैंकले महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजनिक गरेको छ ।

    बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमबीच परम्परागत क्यालेन्डरलाई आधुनिक प्रविधिसँग समायोजन गर्दै डिजिटल संस्करण सार्वजनिक गरिएको हो ।

    डिजिटल क्यालेन्डरमा प्रमुख चाडपर्व, तिथि, विदा, शुभ साइत साथै विक्रम संवत, नेपाल संवत र अंग्रेजी संवतका मितिहरु समेत समावेश गरिएको छ ।

    MLBL Digital Calendar

    बैंकले जनाएको छ कि नयाँ डिजिटल संस्करण प्रयोगकर्ताका लागि अझ सहज र उपयोगी हुने मात्र नभई नेपाली संस्कृतिको संरक्षण र निरन्तरता प्रदान गर्नमा पनि सहयोगी साबित हुनेछ ।

    महालक्ष्मी डिजिटल क्यालेन्डर २०८३ को प्रयोग QR को माध्यमबाट हेर्न वा डाउनलोड गर्न सकिनेछ ।

    सबल बैंक, सफल सहकार्य”को नारासँगै, विगत ३१ वर्षदेखि नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

    बैंकको देशभर १०३ शाखा कार्यालय छन् र करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक छन् ।

    Press Release regarding launch of Digital Calendar 2083 page 0001

    प्रतिक्रिया दिनुहोस्
    images
    images