काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पदाधिकारी संख्या २५ पुर्याइएपछि दाबेदार पनि बढेका छन् ।
विधान संशोधन गरी एक वरिष्ठ उपसभापति, दुई उपसभापति, एक महामन्त्री र चार सहमहामन्त्री थपिएका छन् ।
सभापतिमा गगन थापालाई निर्विरोध दोहोर्याउने प्रयास भइरहे पनि किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन् ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध हुने सम्भावना छ ।
चार उपसभापतिमा ९ जनाको दाबी छ ।
महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, नैनसिंह महर, सुनिल शर्मालगायत १२ जनाको आकांक्षा छ ।
महिला महामन्त्रीमा डिना उपाध्याय र डिला संग्रौला पन्तबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
१५ सहमहामन्त्रीमा ११ निर्वाचित र ४ मनोनीत हुनेछन् ।
केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाइएको छ ।
मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















