images
images
  • सिक्लेस हाइड्रोपावरले १२.७०६ प्रतिशत बोनस शेयर र ०.६६९ प्रतिशत नगद लाभांश दिने

    काठमाडौं – सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

    कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई चुक्ता पुँजीको १२.७०६ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.६६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

    वार्षिक साधारण सभाबाट प्रस्ताव पारित भएपछि कम्पनीले तोकिएको प्रक्रियाअनुसार शेयरधनीलाई बोनस शेयर तथा कर प्रयोजनको नगद लाभांश वितरण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images