images
images
  • प्रभु बैंकको सिइओ शर्माले गरे आत्मसमर्पण, आजै थुनछेक बहस

    काठमाडौं– प्रभु बैंकका सीइओ सुमन शर्माले आत्मसमर्पण गरेका छन् ।

    फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए ।

    आज जिल्ला अदालत पर्सामा उपस्थित हुने गरी उनले आत्मसमर्पण गरेका हुन् ।

    तत्कालीन सनराइज बैंकसँग सम्बन्धित कर्जा प्रकरणमा शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएको थियो ।

    अदालतले अनुपस्थित प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

    अहिले शर्मा प्रहरी नियन्त्रणमा छन् र केही बेरमै अदालतमा उपस्थित गराइँदैछ ।

    आजै उनको थुनछेक बहस हुनेछ ।

    बहसपछि अदालतले धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि कारागार चलानको आदेश दिन सक्नेछ ।

    मुद्दा दर्ता भएपछि आरोप प्रमाणित नहुने भएकाले अन्तिम निर्णय न्यायिक प्रक्रियाबाट हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images