images
images
  • कुवेतको पावर प्लान्टमा इरानी आक्रमण, एक भारतीय कामदारको मृत्यु

    काठमाडौं- अमेरिका-इजरायल र इरानबिच जारी युद्धको राप छिमेकी मुलुक कुवेतसम्म पुगेको छ ।

    सोमबार इरानले कुवेतको एक विद्युत तथा पानी शुद्धीकरण प्लान्टमा आक्रमण गरेको हो ।

    कुवेती अधिकारीहरूका अनुसार उक्त आक्रमणमा परी त्यहाँ कार्यरत एक भारतीय कामदारको मृत्यु भएको छ भने प्लान्टको सेवा भवनमा ठुलो भौतिक क्षति पुगेको छ ।

    कुवेतको विद्युत् मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इरानी आक्रामकताका कारण पूर्वाधारमा गम्भीर असर परेको र स्थिति नियन्त्रणमा लिन आपत्कालीन प्राविधिक टोली परिचालन गरिएको जनाइएको छ ।

    इरानले यसबारे आधिकारिक प्रतिक्रिया नदिए पनि त्यहाँका सरकारी सञ्चार माध्यमहरूले कुवेती मन्त्रालयलाई उद्धृत गर्दै प्लान्टमा व्यापक क्षति भएको खबर प्रसारण गरेका छन् ।

    एक महिनाअघि सुरु भएको यो युद्धका कारण कुवेतले लगातार यस्ता आक्रमणहरूको सामना गरिरहनु परेको छ ।

    यसअघि आइतबार साँझ मात्रै कुवेती आकाशमा १४ वटा मिसाइल र १२ वटा ड्रोन देखिएका थिए ।

    तीमध्ये केही ड्रोनले सैन्य क्याम्पलाई निशाना बनाउँदा १० जना सैनिक घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images