images
images
  • इरानी नौसेना कमान्डर अलिरेजा मारिएको इजरायलको दाबी, को हुन् अलिरेजा ?

    काठमाडौं- इजरायलले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का नौसेना कमान्डर अलिरेजा ताङसिरीलाई मारेको दाबी गरेको छ ।

    इजरायली रक्षामन्त्री इजरायल काट्जले ताङसिरी ‘हर्मुजको जलडमरूमा बम विस्फोट र अवरोध जस्ता आतंकवादी कार्यका लागि प्रत्यक्ष रूपमा जिम्मेवार रहेको र उनको मृत्यु भएको दाबी गरे ।

    इजरायली आक्रमणमा अलिरेजासहित अन्य वरिष्ठ नौसेना कमान्ड अधिकारीहरू पनि मारिएको दाबी उनले गरेका छन् ।

    यद्यपि इरानले भने अहिलेसम्म यसको पुष्टि गरेको छैन ।

    को हुन् अलिरेजा ?
    अलिरेजा ताङसिरीलाई सन् २०१८ मा इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) को नौसेना कमान्डर नियुक्त गरिएको थियो ।

    यसअघि उनी सन् २०१० देखि आईआरजीसी नौसेनाको उपकमान्डरको रूपमा सेवा गर्दै आएका थिए ।

    सन् २०१९ मा, उनले इरानको तेल निर्यातमा कुनै अवरोध आएमा हर्मुजको जलडमरूम बन्द गर्ने धम्की दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images