काठमाडौं– अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले इरानसँग बढ्दो तनावका बीच मध्यपूर्वमा थप हजारौँ सैनिक पठाउने तयारी गरेको छ ।
८२औँ एयरबोर्न डिभिजनका करिब ३–४ हजार सैनिक छिट्टै तैनाथ हुने बताइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गरेको छ ।
विश्लेषकहरूले भने यसलाई सैन्य दबाब बढाउने रणनीति रूपमा हेरेका छन् ।
खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति बढ्दै गएको छ, जहाँ हाल करिब ५० हजार सैनिक तैनाथ छन् ।
अमेरिका–इजरायल संयुक्त अभियान अन्तर्गत इरानमाथि निरन्तर आक्रमण भइरहेका छन् र दुवै पक्षबीच तनाव थप चर्किएको छ ।
यो तैनाथी सन् २००३ को इराक युद्धपछिको ठूलो सैन्य तयारीमध्ये एक मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















