images
images
  • खार्ग टापु कब्जा गर्न हजारौँ अमेरिकी सैनिक तैनाथ, इरानले भन्यो– ‘जीवित कोही रहने छैनन्‌’

    तेहरान– इरान र अमेरिकाबीचको सैन्य तनाव झन् चर्किँदै गएको छ ।

    खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिसँगै इरानी टापु कब्जाको आशंकाले क्षेत्रीय युद्धको जोखिम बढेको छ ।

    इरानले आफ्नो भू–भागमा आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

    इरानी नेतृत्वले शत्रुको गतिविधि निगरानीमा रहेको बताउँदै सहयोग गर्ने देशलाई समेत गम्भीर परिणाम भोग्नुपर्ने जनाएको छ ।

    उता, अमेरिकाले इरानलाई चेतावनी दिँदै खाडी क्षेत्रमा सैनिक र युद्धपोत पठाएको छ ।

    वार्ताको दाबी भइरहे पनि दुवै पक्षबीच तनाव कम हुने संकेत देखिएको छैन ।

    इरान समर्थित हुथी समूहले पनि जलमार्गमा दबाब बढाउन सक्ने संकेत दिएको छ ।

    खार्ग टापुमा आक्रमण भए त्यसको परिणाम गम्भीर हुने र कोही पनि अमेरिकी सैनिक जीवित नरहने तेहरानको चेतावनी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images