काठमाडौं– प्रतिनिधिसभाका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले आज शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
समानुपातिक प्रणालीबाट निर्वाचित ७८ वर्षीय केसीले चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ गराउनेछन् र सभामुख चयन नभएसम्म बैठकको अध्यक्षता गर्नेछन् ।
निर्वाचनमा १६५ सदस्य प्रत्यक्ष र ११० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्























