images
images
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच विवाद : गृहमन्त्री आर्याललाई राष्ट्रिय सभा सांसद बनाउन दबाब

    काठमाडौं– कामचलाउ सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्न गरेको सिफारिस र त्यसलाई राष्ट्रपति रामचन्द्र पौडेलले करिब ११ दिनदेखि रोकिराखेको विषयले संवैधानिक बहस जन्माएको छ ।

    संविधानको धारा ८६(२)(ख) अनुसार मन्त्रिपरिषद्ले सिफारिस गर्ने व्यवस्था भए पनि कामचलाउ सरकारले दीर्घकालीन महत्त्वको नियुक्ति गर्नु नैतिक रूपमा प्रश्न उठ्ने देखिएको छ ।

    साथै आफ्नै मन्त्रीलाई सिफारिस गर्दा स्वार्थ बाझिने आलोचना पनि भएको छ ।

    संविधानविद्हरूका अनुसार कामचलाउ सरकारले अत्यावश्यकबाहेकका निर्णय नगर्नु पर्ने परम्परा छ ।

    यस्तो नियुक्ति नयाँ जनादेश पाएको सरकारले गर्नु उपयुक्त हुने धारणा छ ।

    यता, संविधानको धारा ६६(२) अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसअनुसार काम गर्नुपर्ने भएकाले सिफारिस ‘होल्ड’ गरेर राख्ने अधिकार नरहेको तर्क गरिएको छ ।

    विज्ञहरूका अनुसार राष्ट्रपतिले सुझाव दिन सक्ने भए पनि अन्ततः सरकारको निर्णय कार्यान्वयन गर्नुपर्छ ।

    यस घटनालाई विगतमा विद्यादेवी भण्डारीले शेरबहादुर देउवाको सिफारिस रोकेको प्रसंगसँग तुलना गरिएको छ ।

    हाल उक्त सिफारिसविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ ।

    जसले अन्तिम व्याख्या गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images