काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा आक्रमण नगर्ने पाँच दिने घोषणा गरेपछि अमेरिका–इरान तनाव केही कम हुने संकेत देखिएको छ ।
यसअघि उनले ४८ घण्टाभित्र ट्रेट अफ हर्मुज नखोले आक्रमण गर्ने चेतावनी दिएका थिए ।
तर, इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको दाबी गर्दै उल्टै इसराइल र खाडी क्षेत्रका देशहरूमा आक्रमण जारी राखेको छ ।
दुवै पक्षबीच परस्पर धम्की र सैन्य गतिविधि जारी रहेकाले युद्ध तत्काल रोकिने निश्चित छैन ।
यसबीच विभिन्न देशहरूको पहलमा अप्रत्यक्ष संवाद भइरहेको खबर आएका छन् ।
जसले समाधानको सम्भावना जीवित राखेको छ ।
तर, हर्मुज जलमार्ग, आणविक कार्यक्रम र सैन्य सर्तहरूमा गहिरो मतभेद कायम रहेकाले छिट्टै निष्कर्षमा पुग्ने अवस्था देखिँदैन ।
विश्लेषकहरूका अनुसार, दुवै पक्षले ठूलो क्षति महसुस गर्ने चरणमा पुगेपछि मात्र युद्ध अन्त्यतर्फ जाने सम्भावना बलियो हुनेछ ।
अहिलेका संकेतहरूले भने तनाव कम गर्ने प्रयास भइरहे पनि पूर्ण युद्धविराम अझै अनिश्चित देखिएको छ ।


विश्व खबर 




















