images
images
  • इरानका समर्थक देशहरूलाई स्ट्रेट अफ होर्मुज खुला, विरोधीका जहाजमाथि निरन्तर मिसाइल आक्रमण

    काठमाडौं– इरानले होर्मुज स्ट्रेटमा जहाज आवागमन अवरुद्ध नभएको र सामान्य रूपमा जारी रहेको जनाएको छ ।

    आइतबार विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ कि युद्धका जोखिमका कारण आवश्यक सुरक्षा कदमहरू अपनाइएको छ ।

    मन्त्रालयले यस क्षेत्रको समुद्री सुरक्षालाई सधैं सम्मान गर्दै आएको र जहाज सञ्चालन स्वतन्त्रता कायम राखिएको बताएको छ ।

    इरानले आफ्नो आत्मरक्षामा कदम चालेको दाबी गर्दै अमेरिकी र इजरायली आधार तथा संरचनामा आक्रमण भएको जानकारी दिएको छ ।

    यस क्रममा आक्रमणमा संलग्न देशका जहाजहरूको प्रवेश रोकिएको छ, तर अन्य गैरशत्रुतापूर्ण जहाजहरूले इरानी निकायसँग समन्वय गरी सुरक्षित आवागमन गर्न सक्ने जनाइएको छ ।

    इरानले दीगो शान्ति र स्थायित्व कायम गर्न बाह्य सैन्य आक्रमण रोक्नुपर्ने र आफ्नो वैध हितहरूको सम्मान हुनुपर्ने जोड दिएको छ ।

    यसअघि इजरायल र अमेरिकाले इरानका विभिन्न शहरमा संयुक्त आक्रमण गर्दा उच्च सैन्य अधिकारी तथा सर्वसाधारणको मृत्यु भएको थियो, जसको प्रत्युत्तरमा इरानले मिसाइल र ड्रोन हमला गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images