काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग युद्धविराम वार्तामा इच्छुक देखिए पनि कडा सर्तका कारण संवाद अघि बढ्न सकेको छैन ।
इरानले शत्रुता अन्त्य, क्षतिपूर्ति र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।
तर, ट्रम्प प्रशासन विशेषगरी क्षतिपूर्तिको विषयमा सहमत छैन ।
अमेरिका इरानको क्षेप्यास्त्र कार्यक्रम रोक्न, युरेनियम संवर्धन बन्द गर्न र आणविक संरचना हटाउन दबाब दिइरहेको छ ।
साथै, हिजबुल्लाह र हमासलाई सहयोग रोक्नुपर्ने शर्त पनि राखिएको छ ।
यसैबीच, बेलायतले युद्धको सम्भावित आर्थिक असरलाई लिएर आपतकालीन छलफल सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















