काठमाडौं– इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनी नियुक्त भएको केही समय बितिसक्दा पनि सार्वजनिक रूपमा देखा नपरेपछि विश्वव्यापी चासो बढेको छ ।
सीआईए र मोसाद जस्ता गुप्तचर निकायले उनको अवस्था र स्थानबारे निगरानी बढाएका छन् ।
उनलाई एक्स्पट्र्स एसेम्ब्लीले नियुक्त गरेपछि हालसम्म उनले न भिडियो सन्देश दिएका छन्, न सार्वजनिक उपस्थिति जनाएका छन् ।
यसले उनको स्वास्थ्य, सुरक्षा र वास्तविक नेतृत्व भूमिकामाथि प्रश्न उठाएको छ ।
विशेषज्ञका अनुसार, जारी युद्धका कारण उनी उच्च सुरक्षा व्यवस्थासहित गोप्य स्थानमा बसिरहेका हुन सक्छन् ।
नौरोज र इदका अवसरमा उनले केवल लिखित सन्देश मात्र दिएका छन् ।
इरानी सरकारले उनी सुरक्षित र देशभित्रै रहेको दाबी गरे पनि विभिन्न अड्कलबाजी जारी छन् ।
अहिले उनी सीमित सञ्चारमार्फत शासन सञ्चालन गरिरहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















