images
images
  • बालेन–रवि मन्त्रीको लिष्ट तयार गर्दै : गगन, कुलमान र रेणुलाई पराजित गर्ने पहिलो नम्बरमा

    काठमाडौं– प्रधानमन्त्री चयनको प्रक्रिया नजिकिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सम्भावित मन्त्रीहरूको सूची तयार पार्ने काम तीव्र बनेको छ ।

    पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटबारे अनौपचारिक छलफल भइरहेको बताइएको छ ।

    रास्वपाले मन्त्रालय संख्या घटाएर १५–१८ भित्र सीमित गर्ने तयारी गरेको छ भने विषयविज्ञ र कार्यक्षमता भएका व्यक्तिलाई प्राथमिकता दिने नीति लिएको छ ।

    गृह मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) र महामन्त्री सुनिल लम्सालबीच प्रतिस्पर्धा देखिएको छ ।

    अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको नाम लगभग निश्चितजस्तै छ भने सञ्चार मन्त्रालयमा मनिष झा इच्छुक छन् ।

    कानुन मन्त्रीमा सोबिता गौतमको नाम अगाडि आएको छ भने सभामुखका लागि युवा अनुहार खोजी भइरहेको छ ।

    यसमा इन्दिरा राना मगरसहित केही नाम चर्चामा छन् ।

    त्यसैगरी शिशिर खनाललाई परराष्ट्र मन्त्रालयमा लैजाने चर्चा छ भने विराजभक्त श्रेष्ठ, तोसिमा कार्कीलगायत पनि मन्त्रीको दौडमा छन् ।

    मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी र सचेतकमा निशा डाँगीलाई अघि सार्ने आन्तरिक छलफल चलिरहेको बताइएको छ ।

    यसका साथै कांग्रेसका गगन थापा, नेकपाकी रेणु दाहाल र कुलमान घिसिङलाई पराजित गर्नेहरू पनि मन्त्रीको लाइनमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images