images
images
  • एमाले स्थायी समिति बैठक आज बस्दै, नेपाल पक्षलाई पनि बोलाइयो

    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि आजका लागि बैठक बस्ने तय गरेका हुन् । बैठक आज बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्न लागेको हो ।

    पार्टीका केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार सरकारबाट बाहिरिएपछि बैठक पहिलो पटक बस्न लागेको हो ।
    केन्द्रीय कार्यालयमा ठाउँ साँघुरो भएर बैठक च्यासलमा आयोजना गर्न लागिएको उनको भनाई छ । बैठकमा उपस्थित हुन माधव नेपालसहितका सबै नेताहरुलाई खबर गरिएको तामाङले बताए ।

    यसअघि दश बुँदे सम्झौता अनुमोदन गर्न असार २८ गते बोलाइएको बैठक नेताहरुको सल्लाहमा स्थगित भएको थियो । अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक पनि बोलाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images