काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
बैठक शुक्रबार दिउँसो ३ बजे बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने तयारी रहेको छ । संसदीय दलको बैठकमा असन्तुष्ट समुहका २३ जना सांसदलाई पनि बोलाइएको छ ।
असन्तुष्ट समूहका २३ सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका हुन् ।
अध्यक्ष ओलीले बुधबार आफ्नै निवास बालकोटमा पुगेर नेता माधवकुमार नेपाल लालगद्दार भएकाले पार्टीमा कुनै स्थान नभएको अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















