images
images
  • सरकारले पैसा नदिँदा वीर अस्पतालले पनि स्वास्थ्य बीमा सेवा गर्‍यो कटौती

    काठमाडौं- वीर अस्पतालले स्वास्थ्य बीमाबाट उपलब्ध हुने सेवा कटौती गरेको छ । अस्पतालले दीर्घरोगका बिरामीलाई बीमा मार्फत तीन महिनासम्म औषधि हुने गरेको थियो ।

    उक्त सेवालाई कटौती गर्दै एकपटकमा उक्त औषधिहरू एक महिनासम्म लागि मात्रै दिइने निर्णय गरेको हो ।

    १ फागुन देखि उक्त लागू हुने जनाएको छ । सूचनामा भनिएको छ, ‘१ फागुनदेखि अर्को व्यवस्था नभएसम्म एक महिनाका लागि मात्रै बिमित सदस्यलाई औषधि उपलब्ध गराइने छ ।’

    अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार बीमा बोर्डले लामो समयदेखि भुक्तानी नदिएका कारण सेवा कैटाती गर्नुपरेको हो ।

    बीमा मार्फत ४० करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले जानकारी दिए ।

    ‘वीर गरिबको अस्पताल भएकाले सबै बन्द गर्दा बिरामी मारमा पर्छन् । अहिले आर्थिक दायित्व कम गर्नका लागि सेवा थोरै कटौती गरेका हौं’ डा. शर्माले भने । अस्पतालले सबैभन्दा ठूलो चुनौती औषधि खरिदमा भोगिरहेको छ ।

    ‘सरकारले पैसा नदिँदा औषधि किन्न सकिएको छैन, उपकरण बनाउन सकिएको छैन’ उनी भन्छन्, ‘सेवालाई धान्न नै मुस्किल भइरहेको छ ।’

    लामो समयदेखि बिमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम समयसीमा तोकेर बन्द गर्न थालेका छन् ।

    हेर्नुहोस् अस्पतालले जारी गरेको सूचना

    notice

    प्रतिक्रिया दिनुहोस्
    images
    images