images
images
  • कांग्रेस देउवा समूहको महाधिवेशन खुलामञ्चमा, ५९ जिल्लाको अधिवेशन सम्पन्न

    काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ ।

    समूहको महाधिवेशन आयोजक समितिको बैठकमा निर्वाचन समिति संयोजक अधिवक्ता एकराज पोखरेलले केन्द्रीय महाधिवेशनको निर्वाचन खुलामञ्चमा गरिने जानकारी दिएका हुन् ।

    उनका अनुसार मतदान तथा निर्वाचन प्रक्रिया सञ्चालनका लागि खुलामञ्चमा छुट्टाछुट्टै निर्वाचन स्टल निर्माण गरिनेछ ।

    पोखरेलले हालसम्म ५९ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र बाँकी जिल्ला तथा प्रदेश अधिवेशनको मिति पनि तय भइसकेको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images