images
images
  • ४ महिनामा ६ खर्ब ६८ अर्ब व्यापार घाटा

    काठमाडौं– चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो चार महिनामा नेपालको वैदेशिक व्यापार घाटा ६ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

    भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म नेपालले कुल ९ खर्ब ३७ अर्ब २४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

    यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.३३ प्रतिशतले बढी हो ।

    यस अवधिमा ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब ३४ अर्ब १४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

    आयात गत वर्षको तुलनामा ३१.७७ प्रतिशत र निर्यात ४३.४८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

    गत आर्थिक वर्षको पहिलो चार महिनामा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँको आयात र ९३ अर्ब ४९ करोड रुपैयाँको निर्यात भएको थियो ।

    उक्त अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो ।

    निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको तुलनामा निर्यात निकै कम हुँदा नेपालको व्यापार घाटा अझै उच्च देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images