images
images
  • सुन–चाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौं– सुनको भूल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुन–चाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तोकेको छ ।

    अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी आज ३०४० रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images