images
images
  • कालीमाटीमा तरकारी र फलफूलको मूल्य सार्वजनिक

    काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बजारमा तरकारी, फलफूल, सागसब्जी, मसला तथा माछाको मूल्य फरक–फरक रहेको छ ।

    मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ । गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, टनेल र तराईको ६० रुपैयाँ रहेको छ । आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो ५५ रुपैयाँ तथा भारतीय रातो आलु र सेतो आलु प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ । सुकेको भारतीय प्याज प्रतिकिलो ९६ रुपैयाँ रहेको छ ।

    त्यस्तै, लोकल गाजर प्रतिकिलो ९० रुपैयाँ र तराईको गाजर ६० रुपैयाँ कायम गरिएको छ। बन्दा प्रतिकिलो ३० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ र तराईको काउली ४० रुपैयाँ रहेको छ । रातो मूला र सेतो हाइब्रिड मूला प्रतिकिलो ३० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ तोकिएको छ । तने बोडी प्रतिकिलो १०० रुपैयाँ र मकै बोडी ७० रुपैयाँ रहेको छ ।

    अन्य तरकारीमध्ये मटरकोसा र घिउ सिमीका विभिन्न प्रकार प्रतिकिलो १२० रुपैयाँ तथा राजमा घिउ सिमी १३० रुपैयाँ कायम गरिएको छ । टाटे सिमी प्रतिकिलो ८० रुपैयाँ, तितो करेला ९० रुपैयाँ, लौका ८० रुपैयाँ, लोकल परबर १०० रुपैयाँ र तराईको परबर १२० रुपैयाँ रहेको छ । चिचिण्डो प्रतिकिलो ४० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, झिगुनी ८० रुपैयाँ तथा हरियो लाम्चो र डल्लो फर्सी प्रतिकिलो ३० रुपैयाँ तोकिएको छ। भिण्डी प्रतिकिलो १२० रुपैयाँ रहेको छ।

    सखरखण्ड प्रतिकिलो ६० रुपैयाँ, बरेला ४० रुपैयाँ, पिँडालु ७० रुपैयाँ र इस्कुस २० रुपैयाँ कायम गरिएको छ। रायो साग र तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो साग १३० रुपैयाँ तथा चम्सुर र मेथीको साग १५० रुपैयाँ रहेको छ। हरियो प्याज प्रतिकिलो २०० रुपैयाँ, बकुला र तरुल १०० रुपैयाँ तोकिएको छ ।

    च्याउको मूल्य भने प्रकारअनुसार फरक छ। कन्य च्याउ प्रतिकिलो ३५० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर ९० रुपैयाँ, सजीवन २५० रुपैयाँ, रातो बन्दा १८० रुपैयाँ र जिरीको साग १५० रुपैयाँ रहेको छ ।

    विशेष प्रकारका साग तथा अन्य कृषि उपजमा सेलरी प्रतिकिलो ५०० रुपैयाँ, पार्सले दुई हजार ८०० रुपैयाँ, सौफको साग १२० रुपैयाँ र पुदिना ७०० रुपैयाँ तोकिएको छ । गान्टे मूला प्रतिकिलो १२० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १६० रुपैयाँ, तोफु १६० रुपैयाँ, गुन्द्रुक ३५० रुपैयाँ र रुख टमाटर १५० रुपैयाँ कायम गरिएको छ ।

    फलफूलतर्फ फुजी र जुम्लाको स्याउ प्रतिकिलो ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ २५० रुपैयाँ रहेको छ । नेपाली र मालभोग केरा प्रतिदर्जन १५० रुपैयाँ तोकिएको छ । कागती प्रतिकिलो ३०० रुपैयाँ, अनार ४०० रुपैयाँ, नेपाली र भारतीय सुन्तला १२० रुपैयाँ तथा तरबुजा ८० रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, मौसम र जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ तथा लोकल काँक्रो ९० रुपैयाँ र हाइब्रिड काँक्रो ४० रुपैयाँ रहेको छ । लोकलक्रस काँक्रो प्रतिकिलो ९० रुपैयाँ र निबुवा ६० रुपैयाँ तोकिएको छ । चाइनिज नासपाती प्रतिकिलो ३०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ र भारतीय मेवा १२० रुपैयाँ कायम गरिएको छ ।

    अम्बा प्रतिकिलो ३०० रुपैयाँ, लप्सी ८० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ, किबी ३०० रुपैयाँ, सरिफा ३०० रुपैयाँ, एभोकाडो ३०० रुपैयाँ र अमला ८० रुपैयाँ रहेको छ। काँचो नरिवल प्रतिकिलो ८० रुपैयाँ र हरियो नरिवल २०० रुपैयाँ तोकिएको छ। नेपाली ड्रागन फ्रुट प्रतिकिलो ५०० रुपैयाँ कायम गरिएको छ ।

    मसला तथा अन्य उपजतर्फ अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी १०० रुपैयाँ तथा बुलेट र माछे खुर्सानी १२० रुपैयाँ रहेको छ। अकबरे खुर्सानी प्रतिकिलो ३०० रुपैयाँ र भेडे खुर्सानी १०० रुपैयाँ तोकिएको छ। हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ तथा चाइनिज र नेपाली सुकेको लसुन प्रतिकिलो २६० रुपैयाँ कायम गरिएको छ। सुकेको छ्यापी प्रतिकिलो २०० रुपैयाँ रहेको छ ।

    माछातर्फ सुकेको माछा प्रतिकिलो एक हजार रुपैयाँ कायम गरिएको छ । ताजा रहु माछा प्रतिकिलो ३७० रुपैयाँ, बचुवा माछा ३३० रुपैयाँ र छडी माछा ३५० रुपैयाँ तोकिएको समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images